काठमाडौँ । सरकारले लकडाउन वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । सरकारले लकडाउन १२ दिन बढाएर १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो। यस्तै, लकडाउनका कारण फसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्‍मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ। यस्तै अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ।

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया