sp pokharel
इनरुवा माघ ३/
सुनसरी प्रहरीले खुला सीमानाकाको प्रयोग गरी हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्ने भएको छ ।
मधेश आन्दोलनसँगै मौलाएको तस्करी नियन्त्रणमा लिनुलाई प्रमुख चुनौतिका रुपमा लिंदै आएको सुनसरी प्रहरीले तस्करी नियन्त्रणका लागि विशेष अभियान संचालनमा ल्याउने तयारी थालेको हो ।सुनसरी प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलन मार्फत प्रहरी उपरीक्षक पोषराज पोखरेलले इन्धन लगायतका तस्करी नियन्त्रणका लागि विशेष टोली परिचालन गरिसकिएको जानकारी गराए ।
आन्दोलनका आडमा हुन सक्ने अन्य गतिविधीलाई समेत लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको उपरीक्षक पोखरेलले बताए ।
प्रहरीले समयसामयिमक लगायतका अन्य विषयमा पत्रकारहरुबाट सुझाव समेत संकलन गरेको थियो । हालसालै सरुवा भई जिप्रका सुनसरी आइपुग्नु भएका एसपी पोखरेलले पत्रकारहरुसँगको भेटघाटमा जिल्लाको समग्र सुरक्षा अवस्था लगायतका बारेमा सुझाव संकलन गर्नुका साथै चालिने कदलम लगायतका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया