- दिलिप कुमार साह

राजविराज। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र खडक नगरपालिकाका दुई जनाको रयापिड  डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुबै जनामा कोरोना पोजिटिभ भेटिएको छ ।स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।जसमध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो ।भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाईएपछि सात जनाको मङ्गलवार राती राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।

डा. झाका अनुसार सुरुङ्गा नगरपालिकाका एक जना बाँकी रहेकामा विहान उनलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईने छ ।दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गरी स्वाब परीक्षणा गरिएको हो । भारत लगायत विदेशबाट आएका शंकास्पद व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।यस अघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो । मङ्गलवार राती नै स्वाब परीक्षणका लागि पठाईएका सात जनामा दुई जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट पोजेटिभ आए पनि स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र पोजेटिभ वा नेगेटिभ भन्न सकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।तिलाठी कोइलाडी गाउँपालिकाबाट आएका एक जनामा पोजेटिभ आएकोले उनीसँगै आएका मोटरसाइकल चालकलाई समेत तत्कालै आइसोलेसनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया