- धिरेन्द्र नारायण मण्डल

इनरुवा। देश लक डाउन भएको २२ दिन पछि इनरुवा नगरपालिका वडा नं. ४ का स्थानियले राहत स्वरुप चामल, दाल, तेल, नुन र साबुन पाएका छन । ३०० घरपरिवार रहेको वडामा ९८ जना घरपरीवारलाई प्रति घर परिवार १० किलो चामल, आधा लिटर तोरीको तेल, १ किलो मसुरोको दाल, २ वटा साबुन पाएका छन भने २०२ घरपरिवारले प्रति घर १५ किलो चामल, १ लिटर तेल, २ किलो मसुरो दाल, २ किलो नुन र ३ वटा साबुन पाएका छन ।

जिल्ला प्रहरी र नगर प्रहरीको सहयोगमा खटिएको वडा सदस्यहरुले शान्तिपुर्वक सभ्यताका साथ घर घरमा गएर राहत वितरण गरको वडा सदस्य लक्ष्मी वर्माले जानकारी दिए। यो पहिलो चरणको राहत वितरण गर्दै दोश्रो चरणको समेत राहत लिएर पुनः आउने प्रतिबद्धता वडा सदस्य लक्ष्मी वर्माले गरे।

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया