वराहक्षेत्र नगरपालिकाले राहत वितरण कार्य सुरु गरेको छ। देशैभरि लकडाउनको समय अवधि थपिदै जादा आम सर्वसाधारणलाई दैनक जिविकोपार्जनमा समस्या परेको छ। पहिलो चरणमा वराहक्षेत्र नगरपालिकाले नगरका चार हजार ३९० विपन्न घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ। नगरका ११ वटै वडामा वैशाख ३ गते सम्मा पहिलो चरणको राहत सामाग्री वितरण गरेको छ।

वराहक्षेत्र नगरपालिकाका सूचना अधिकृत पुकार पोख्रेलका अनुसार खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो।

वराहक्षेत्र नगरपालिका वैशाख ३ गते सम्म वडा नं १ मा ४९८, वडा नं २ मा ४५४, वडा नं ३ मा ४८८, वडा नं ४ मा ३९३, वडा नं ५ मा ५०८, वडा नं ६ मा ४००, वडा नं ७ मा ७०६, वडा नं ८ मा ३७५ वडा नं ९ मा २६०, वडा १० मा २६०, वडा नं ११ मा १५० गरि जम्मा ४३९० घरधुरीलाई बितरण गरिएको छ।

यसै गरि नगरक्षेत्र भित्र रहेका आश्रमहरुमा पनि राहत सामग्री बितरण गरिएको छ। आश्रमका ज्येष्ठ नागरिकलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको नगरपालिकाले जनाएको छ । कुल नौ वटा आश्रमहरुमा राहत सामग्री बितरण गरिएका छ। भु-बराह रामानुज पिठ, शिद्धेश्वर शिब मन्दिर, रामानन्दचार्य सेवा, सप्तकोशी आश्रम(औलिया), बेङ्कटेश रामानुज मन्दिर, गिता ब्रह्म चिन्तन योगाश्रम, शंकाराचार्य सेवा पिठ, अदैत संस्था संरक्षण मञ्च र बौद्धिक सनातन जोशमुनि पिठमा राहतमा खाद्यान्न सामाग्री वितरण गरिएको हो।

कोरोना भाइरसको माहामारीमा लकडाउनको समय अवधिलाई मध्यनजर गर्दै नगरभित्रका विपन्न तथा ज्याला मजदुरी गर्ने घरपरिवारलाई कुनै पनि प्रकारको समस्या नहोस भनि राहत सामाग्री वितरण गरिएको हो र आवश्यक्ता हेरी पुनः वडाहरुमा राहत सामाग्री वितरण गरिने वराहक्षेत्र नगरपालिकाले जनाएको छ।

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया