उदयपुरको भुल्केमा रहेको मस्जिदमा भेटिएका कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति सुनसरीको भोक्राहामा फेला परेका छन् ।कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्ति सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भेटिएका हुन् ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षिय व्यक्ति उदयपुरमा संक्रमित पाइएका भारतीय मुस्लिम नागरिकहरुको समूहमा १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।नेपाल मुस्लिम संघका प्रदेश सभापति हाजी इसराइल मन्सुरीका अनुसार ४६ वर्षिय व्यक्तिको बारेमा स्थानीयले जानकारी दिएका थिए । त्यसपछि उनलाइ प्रहरी सहितको टोलीले स्वास्थ्य परिक्षणसँगै क्वारेन्टाइनकालागि पठाइएको मन्सुरीले बताए ।घरमा लुकेर बसेको अवस्थामा गाउँलेले सुचना दिएपछि मात्र ४६ वर्षिय व्यक्तिको विषय बाहिरिएको हो । पछिल्लो घटना क्रमले सो क्षेत्रमा अन्य व्यक्ति समेत लुकेर बसेको हुन सक्ने आशंकामा खोजी थालिएको छ ।यसैबिच कोरोना संक्रमितको सम्पर्कमा रहेको पाइएका भोक्राहाका व्यक्तिलाई इनरुवा अस्पतालले घर फर्काएको विषय प्रति नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशले आपत्ति जनाएको छ ।उदयपुरमा सँगै बसेका व्यक्तिमा कोरोना संक्रमण पाइदा उनीहरुसँगै रहेर फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा नपठाई सामान्य रुपमा लिएर फर्काउनु जायज नभएको अन्सारीको भनाई छ । भाइरस फैलन सक्ने जोखिम बढेको अवस्थामा तत्काल लक्षण नदेखिएको भन्दै फर्काइनु भोलिकालागि सम्भावित जोखिमको कारक बन्न सक्ने उनको भनाई छ । उता इनरुवा अस्पतालले भने परिक्षणको क्रममा कुनै शंकास्पद लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै बस्ने गरी घर फर्काएको जानकारी दिएको छ । यसैबीच भाेक्राहा ५ मा फेला परेका १२ जना भारतीयलाई क्वारेन्टाइनमा पठाइकाे छ ।




चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020




सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया