वराहक्षेत्र नगरभित्र आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ। सोमबार सम्म बिस जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरिसकिएको छ। जस मध्ये आइतबार विभिन्न देशबाट आएका ८ जनाको परीक्षण गरिएको छ। विगत दुई महिनाको अवधिभित्र विभिन्न देशबाट वराहक्षेत्र नगरभित्र आएका ८ जनाको महेन्द्रनगर स्वास्थ्य चौकी चक्रघट्टीमा कोरोना भाइरसको आरडीटी परीक्षण गरिएको हो । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार ८ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

त्यसैगरि वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार मात्र थप १२ जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरेको छ। भारत तथा नेपालका बिभिन्न जिल्लाबाट आएका नगरबासीहरुको परीक्षण गरिएको हो। वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार १२ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

वराहक्षेत्र नगरपालिका संग परीक्षण कीट सीमित भएका कारण पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण गरिने बताइएको छ । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले प्रदेश सरकारसँग थप कीटको माग गरेको छ। थप कीट उपलब्ध भएपछि देशका विभिन्न जिल्लाबाट वराहक्षेत्र प्रवेश गरेकाहरुको पनि परीक्षण गरिने स्वास्थ्य शाखाकी प्रमुख सुलोचना चौधरीले बताइन् । विगत दुई महिना यता विदेशबाट आएका नगरबासीहरुले अनिवार्य रुपमा आरडीटी परीक्षण गराउन नगर प्रमुख निलम खनालले नगरबासीहरु संग अनुरोध गरेका छन् ।



चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020




सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया