- दिलिप कुमार साह

राजविराज। कोरोना भाईरस (कोभिड-१९) का कारण देश लकडाउनमा रहेको र लकडाउनका कारण स्थानीय तहरुले आ-आफ्नो गाउँपालिका तथा नगरपालिकाका जनताहरुलाई राहत वितरण गरिरहेको छ ।सप्तरीका राजगढ गाउँपालिकाले विगत एक हप्तादेखि बाड्दै आईरहेको राहत आज गापाको वडा नम्बर ३ नर्घोमा वितरण गरेको छ । शुक्रबार वडा नम्बर ३ को पश्चिमी टोलमा पहिलो चरणमा १ सय ७८ परिवारलाई राहत वितरण गरेको र बाँकी रहेको जनतालाई शनिबार वितरण गर्न कार्य जारी रहेको वडा अध्यक्ष सिताराम यादवले जानकारी दिए । वडा नम्बर ३ मा करिब १२ सय ५५ घर परिवारलाई राहत वितरण गर्ने योजना रहेको वडा अध्यक्ष यादवले बताए ।

राजगढ गाउँपालिकाद्वारा ६ वटै वडाका ४ हजार ३ सय गरिव तथा विपन्न परिवारलाई राहतको व्यवस्था गरिसकेको र अहिलेसम्ममा १ हजार ४६ घर परिवारलाई वितरण गरिसकेको गाउँपालिकाका अध्यक्ष प्रमान्नद यादवले जानकारी दिनुभयो । उहाले भन्नुभयो- राहत वितरण कार्यक्रममा नेपाल प्रहरी सशस्त्र प्रहरी सहित विभिन्न राजनीतिक दलहरु समक्ष राहत वितरण गरिरहेका छौ । हामीले एकरुपता तथा एकद्वार प्रणाली मार्फत राहत वितरण गरिरहेको भन्दै कुनै पनि जनतालाई काखा पाखा नगरी राहत वितरण गरिरहेको अध्यक्ष यादवले बताए । जनताका लागि हामीले आयश्रोतलाई बचाएर राख्दिन जनताको लागि गाउँपालिकाले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष यादवले गर्नुभयो ।राहत प्याकेटमा १५ किलो चामल, दुई केजी दाल, एक केजी खाने तेल र एक किलो नुन वितरण गर्ने गरेको अध्यक्ष यादवले बताए ।राहत वितरणमा गाउँपालिका अध्यक्ष परमानन्द यादव, वडा अध्यक्ष सिताराम यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

चहलपहलका बीच कोरोना विरुद्धको लकडाउन

Gepostet von Inaruwa Online am Dienstag, 7. April 2020

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

सुरक्षाका पोशाक सहित स्वास्थ्यकर्मी, मेयर मेहताले भनेः नगर भित्रका गोरेटो बाटो समेत बन्द गर्ने

Gepostet von Inaruwa Online am Samstag, 28. März 2020

नगरको भित्रि भागमा वास्ता गर्दैन्न “होम क्वारेन्टाईन”

हामीलाई प्राप्त भिडियो अनुसार इनरुवा नगरपालिकाको वडा नं. १ र ३ को बिच भागको खालि चौरमा लकडाउनको वास्ता नगरी महिलाहरुको गफगाफ चल्दै गरेको तथा बालबालिका तथा वयस्कहरु खेल्दै गरेको देख्न सकिन्छ। यस गतिविधिले प्रष्ट बुझ्नसकिन्छ कि नेपाल लगायत विश्वभरि फैलिएको कोरोना भाईरसको त्रासले यस भिडियोमा भएका व्याक्तिहरुलाई छोएको छैन। सरकारले जनतालाई कोरोना भाईरसको संक्रमणबाट बच्न घन्काउदै आएको “होम क्वारेन्टाईन” नारालाई यस भिडियोमा सिधै वेवास्ता गरेको देखिन्छ।

Gepostet von Inaruwa Online am Donnerstag, 26. März 2020

तपाईको प्रतिक्रिया