- दिलिप कुमार साह

राजविराज/कोरोना भाईरस (कोभिड-१९) का कारण देश लकडाउनमा रहेको र लकडाउनका कारण स्थानीय तहरुले आफनो गाउँपालिका तथा नगरपालिकाका गरिब असहाय विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत वितरण गरिरहेको छ ।यसैक्रममा सप्तरीका राजगढ गाउँपालिकाले विगत एक हप्तादेखि वितरण गर्दै आईरहेको राहत वितरणलाई निरन्तरता दिदै शनिबार गापा अध्यक्ष परमानन्द यादवले वडा नम्बर ६ को बरदाही टोलमा राहत वितरण गरेको छ ।

गापाको वडा नम्बर ६ को वडा अध्यक्ष कलमदेव यादवले शान्त तथा सहज तरिकाबाट राहत वितरण गर्दै भन्नुभयो – बरदाहीका जनताहरुलाई राहत वितरण गरी भोली फकिरामा वितरण गर्छु र यस वडा भित्र रहेको सम्पूर्ण गरिब विपन्न तथा मजदुरहरुलाई राहतको नामावली रहेको र छुटफुट भएको जनतालाई समन्वय गर्न आग्रह गरेको छ ।गाउँपालिकाका अध्यक्ष यादवले गापाद्वारा वितरण गरिएको चामलमा केही चामल विग्रेकोले उक्त चामल साट्नको लागि सम्पर्क गर्न आग्रह गरेको छ । उहाले भने वडा अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि सहित ६ वटै वडाका जनतासँग आग्रह गर्दै भन्नुभयो जुन जनताले विग्रेको चामल पाउनु भएको छ भने उक्त चामलको बोरा लिई वडा अध्यक्षसँग समन्वय गरी गापामा सम्पर्क गरी अर्को चामलको बोरा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गापाको वडा नम्बर ५ मा २० प्याकेट र वडा नम्बर १ मा ५२ प्याकेट विग्रेको चामल फिर्ता गरिसकेको भन्दै भुलबस विग्रेको चामल जनतासम्म पुग्न गएकोले उक्त चामल फिर्ता गर्न आम सर्वसाधारणलाई जानकारी गराउनुभयो ।

यसैगरी प्रदेश सभा सदस्य विदेश्वर यादव विक्कीले कोरोना माहामारीका कारण देश नै लकडाउनमा रहेकोले यस विषम परिस्थितमा यस वडामा शान्तिपूर्वक राहत वितरण भईरहेको देख्दा अत्यन्तै खुशी भएको बताउनुभयो । यस विषम परिस्थितमा घरमै बस्नु बाहिर ननिस्किनु र पटक-पटक साबुन पानीले हात धुनको लागि आम जनतालाई सुझाव दिनुभयो ।वडा नम्बर ६ का वडा अध्यक्ष कमलदेव यादवले भ्रमपुर्ण प्रचारबाजी नगर्न भन्दै वर्षाका कारण केही चामलको बोरा कुहिन गएकोले उक्त चामलको बोरा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पानी परेको चामलको बोरा हाम्रो वडामा नआएको र यदि आएको होला भन्ने हामीसँग सम्पर्क गरी विग्रेको चामलको बोरा ल्याउनु अर्को चामलको बोरा लग्नको लागि आग्रह गर्नुभयो ।वडामा रहेको विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल हामीले नामावली संकलन गरेका छौ ।

तपाईको प्रतिक्रिया