सामाजिक सुरक्षा वापतको भत्ता सम्वन्धित व्यक्तिकालागि घरमै पु¥याउन थालिएको छ । लक डाउनले विश्व समूदाय आक्रान्त बनिरहेको परिप्रेक्षमा इनरुवा वडा नम्बर ५ को कार्यालयले सम्वन्धित व्यक्तिहरुकालागि घरघरमै भत्ता उपलब्ध गराउदै आएको छ ।


५ नम्बरले पहिलो चरणमा २ सय १२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको जनाएको छ । दोस्रो चरणमा १ सय जनालाई भत्ता वितरण गर्न लागिएको वडा अध्यक्ष अञ्जनी पोखरेलले बताए ।
अध्यक्ष पोखरेलका अनुसार ५ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ४ सय ६० जना रहेको छ । पहिलो चरण अन्र्तगत २२ लाख ९२ हजार वितरण गरिएको कार्यालयले जनाएको छ ।
वडा बाहिर रहेका र तत्काल रकम आवश्यक नपर्ने र खातामै रकम राख्न चाहनेहरुकालागि सोही अनुरुपको व्यवस्था मिलाइएको पोखरेलले बताए ।

सामाजिक दुरी कायम गरी वडामा चेक संलकन पश्चात घरदैलो गरी भत्ता वापतको रकम जिम्मा लगाइएको सविस पोखरेलले जानकारी दिए ।
वडाध्यक्ष पोखरेल सहितका पदाधिकारीहरुले घरमै पुगेर जेष्ठ नागरिक, जेष्ठ दलित, अपाङग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरणको क्रमलाई जारी राखेका छन् ।
सामाजिक सुरक्षा वापत जेष्ठ नागरिकले १२ हजार, जेष्ठ दलितले ८ हजार, पूर्ण अपाङगले १२ हजार, अति अशक्तले ६ हजार ४ सय र एकल महिलाले ८ हजार पाउँछन् । यो उनीहरुले पाउने ४ महिना वापतको भत्ता हो ।इनरुवाको वडा नम्बर ३ ले समेत घरदैलो गरी सामाजिक भत्ता वितरण गर्दै आएको छ । अन्य वडाले समेत भत्ता वितरणको क्रम थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया