इनरुवा माघ ४/ सुनसरी प्रहरीले डुम्राहा ७ बाट २२ हजार लिटर डिजेल बरामद गरेको छ ।
केही समययता इन्धन तस्करी नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्न थालेको सुनसरी प्रहरीले डुम्राहाबाट ११ ड्रम अर्थात २२ हजार लिटर डिजल बरामद गरेको हो ।
इन्धन तस्करीको सूचनाका आधारमा अवैध डिजेल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी नीरिक्षक नवराज न्यौपाने नेतृत्वको गस्ती टोलीले अवैध रुपमा ड्रममा इन्धन ल्याउँदै गरेको भेटेपछि सो परिमाणको इन्धन बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । बरामद इन्धन सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले केहिदिनयता भारतीय नाकाको प्रयोगगरी हुँदै आएको इन्धन तस्करी नियन्त्रणमा सकृयता देखाउँदै आएको छ । तीनदिन भित्रमा सुनसरी प्रहरीले तस्करीको १५ हजार लिटर बढी इन्धन बरामद गरी भन्सार बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया