इनरुवा माघ ४/ सुनसरी प्रहरीले धरान इटहरी सडक खण्डबाट लागुऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । इटहरी १ स्थित धरान इटहरी सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले धरान ७ का २४ वर्षिय पुकार शाक्यको साथबाट लागुऔषध बरामद गरेको हो ।
सवारीसाधन चेकजाँचका क्रममा शाक्य सवार को२२प ७९७० नम्वरको मोटरसाइलबाट कोरेक्स २६ थान, इस्पास्मो प्रोक्सिवन १ सय ४० क्याप्सुल, र नाइट्रोजन ट्याबलेट ९५ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध भेटिएपनि शाक्य सहित मोटरसाइकल इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया