इनरुवा माघ ४/ मधेश आन्दोलनका मागहरु तत्काल सम्बोधनको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले सदरमुकाम इनरुवामा सोमवार साँझ मसाल जुलुस प्रर्दशन गरेको छ ।
मधेशी मोर्चाको केन्द्रिय आन्दोलन तालिका अनुसार मोर्चा सुनसरीले समेत इनरुवामा मसाल पर्दशन गरेको हो ।
लगातारको तराई मधेश केन्द्रित आन्दोलनलाई सरकारले वेवास्ता गरेको भन्दै मोर्चाले आफुहरुका माग तत्काल सम्बोधन गरिनुपर्ने माग गरेको छ । जिविस रोडबाट निस्केको मोर्चाको मसाल जुलुसले इनरुवा नगरको परिक्रममा गरेको थियो । आन्दोलनका कार्यक्रमको निरन्तरता स्वरुप सदरमुकाममा मसाल प्रर्दशन गरिएको मोर्चा सुनसरीका आन्दोलन संयोजक एसएन मेहताले बताए । जुलुसमा सहभागिहरुले प्रहरी दमनको भरमा सरकार प्रस्तुत भए मुलुकको लागि दुर्भाग्य हुने चेतावनी दिएका थिए । उनिहरुले सरकार विरोधी नारावाजी समेत गरेका थिए । कोणसभामा मोर्चाका जिल्लास्थित नेताहरुले आफुहरुका माग अविलम्ब सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया