इनरुवा ४ माघ/

सुनसरी प्रहरीले भाषी ४ मा सुमन थापाले संचालन गर्दै आएको गंगा ट्रेडर्स एण्ड सप्लायर्सबाट अवैध रुपमा भण्डारण गरि राखिएको ठुलो संख्यामा ग्यास सिलिण्डर बरामद गरेको छ ।

अवैध ग्यास सिलिण्डर भण्डारण गरी मनोमानी रकम लिएर बिक्रि गर्ने तथा कालोबजारी गर्ने गरेको सुराकीका आधारमा प्रहरीले थापाको ट्रेडर्समा आज साँझ छापा मारेको हो ।

काठमाण्डौं लगायत मुलुकका विभिन्न शहरमा अवैध तवरमा भण्डारण गरिएका ग्यासका सिलिण्डर पठाउने कार्य गर्दै आएको सुचनाका आधारमा छापा मारिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चिरिञ्जवी कोइरालाले बताए ।
टे्रडर्समा उपभोक्ता बनेर ग्यास किन्न प्रहरी स्वयंनै त्रित्रिवन स्थित रहेको सो ट्रेर्डसमा पुगेको थियो । उक्त टेर्डसबाट प्रहरीले मनोज, कामख्या र एभरेष्ट ग्यासका ६७ थान सिलिण्डर बरामद गरेको छ । ३७ सय मूल्य पर्ने ग्यास सिलिण्डरलाई गंगा टेर्डसले ६ हजार भन्दा बढी मोल लिएर विक्रि गर्दै आएको प्रहरीको भनाई छ ।
प्राप्त गुनासो, सुराकी र प्रत्यक्ष घटनामा ठगी गर्ने गरेको भेटिएपछि ग्यास सिलिण्डर सहित म्यानेजरलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले म्यानेजर टंक कोइरालालाई नियन्त्रणमा लिएको जनाएको छ । सुनसरी प्रहरीले कालोबजारी ऐन अन्र्तगत मुद्धा अघि बढाइसकिएको जनाएको छ । सुमन थापा गंगा ट्रेर्डसका प्रोपाइटर हुन् । थापा फरार रहेको र उनको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ । थापा नेपाली कांग्रेस मधेशा गाउँ इकाइ समितिका सभापति रहेको स्थानीयवासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया