- दिलिप कुमार साह

राजविराज। सप्तरीका सङ्क्रमित युवकको सम्पर्कमा आएका उनका आमा, बुवा, हजुरआमा, युवक सहित १३ जनाको समुहमा सहित २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।चितवनबाट १३ जनाको समूहमा आएका मध्ये १२ जना क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यहीबेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । ती २३ जनाको थ्रोट स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

गत २९ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटेलका १८ वर्षीय युवक कोरोना सङ्क्रमण भेटिएपछि उनको सम्पर्कमा आएका उनीहरूलाई सोमबारदेखि पातो स्थित चन्द्रकान्त क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये आमाबाबु, हजुरआमासहित चार जनालाई फेरि स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने बताउँदै उनीहरुबाहेक अन्यलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिनुभयो । थप २१ जना सम्पर्कको पहिचान सङ्क्रमित युवकको यात्रा वृत्तान्तकाे आधारमा उनीसँग सम्पर्कमा आएर भेटघाट, गफगाफ गरेको प्रदेश, जिल्ला र स्थानीय गरी २१ जनाको पहिचान गरिसकेको, उनीहरूको पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरिने तयारी भइरहेको उहाँले बताउनुभयो ।









तपाईको प्रतिक्रिया