सुनसरी कोशी गाँउपालिका-६ श्रीपुरजव्दीबाट एक जना पक्राउ परेका छन। कोशी गाँउपालिका-६ श्रीपुरजव्दी बस्ने २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन ।

हिजो बेलुका साढे ०७ बजे को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।











तपाईको प्रतिक्रिया