- अमर काफ्ले

सुनसरीको कोशी किनारको झाडीमा लुकेर बसेका १२ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सुपौल घर बताउने सो समूहलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुगाफाटा र बन्दोवस्तीका सामान सहितको समूहलाई नदी किनारको झाडीमा लुकेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरुले आफुहरु सुरक्षित रुपमा भारत छिर्ने क्रममा लुकेर बसेको बताएका छन् । भारत छिर्नकालागि आफुहरुले एजेन्टको सहारा लिएको पक्राउ परेकाहरुले बताएका छन् । यद्यपी एजेन्टको परिचय भने खुलेको छैन् ।प्रहरीले दिएको जानकारी अनुसार १५ जना मध्ये ३ जना भने फरार भएका छन् । भारत छिर्न रातीको समय कुरेर बसेको उक्त समूह धरानमा काम गरी भारत सुपौल घर फर्कन लागेको बुझिएको छ । प्रहरीले पक्राउ परेका सबैलाई जहाँबाट आएको हो त्यही बस्ने गरी फिर्ता पठाएको जनाएको छ ।सीमामा सुरक्षा निगरानी बढाइएको भएपनि सुनसरीको नाकाबाट रातीको समयमा मकैबारी हुँदै आउजाउको क्रम रोकिएको छैन् । केही दिन अघिमात्रै इनरुवाका वडाध्यक्ष समेत रातीको समयमा मकैबारीबाट लुक्दै सुनसरी आएको खुलेको थियो । उनी हाल क्वारेन्टाइनमा रहेका छन् ।











तपाईको प्रतिक्रिया