नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो। यसैगरी मोरङ स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।सोमबार बिहान रौतहट र बारा जिल्लाका ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोना भाइरसका सक्रमित थपिएका हुन्। तराईका सुनसरी बाहेक सबै जिल्लामा कोरोना भाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्। कोरोना भाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।










तपाईको प्रतिक्रिया