- दिलिप कुमार साह

राजविराज। कोरोना सङ्क्रमणको उच्च जोखिम बढेपछि भारतको विभिन्न शहरमा रहेका नेपालीहरुलाई पठाउन थालेपछि चुनौती थपिएको छ ।भारत सरकारले लकडाउन गरेपनि अन्य देशबाट आएर भारतमा काम गरिरहेको व्यक्तिहरुलाई घर फर्काउनका लागि रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् ।भारतको सङ्क्रमित स्थानहरूबाट समेत विद्यार्थी, मजदुर, व्यवसायी लगायतका मानिसहरू फर्किन थालेपछि नेपालमा सङ्क्रमणको उच्च जोखिम बढेको हो । पछिल्लो एकसाता यतादेखि रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट सीमा पार गराउने गरेको हुँदा उनीहरूको व्यवस्थापनमा चुनौती पनि थपिएको छ ।

भारतबाट बिहान, दिउँसो, बेलुका, राति जुनसुकै बेला नेपाल भित्रिने गरेकोले सीमानाकामा उनीहरूको विस्तृत व्यक्तिगत तथ्याङ्क (बायोग्राफी) राख्नको लागि सीमावर्ती सप्तरीको राजगढ गाउँपालिकाको क्वारेन्टाईनमा ४२ जना थपिए सँग उक्त क्वारेन्टाईनमा जम्मा ८२ जना रहेको छ । उनीहरुको सम्पूर्ण व्यवस्थापन भईसकेको गापा अध्यक्ष परमानन्द यादवले जानकारी गराउनुभयो । भारतबाट आएका ४२ जनालाई तुरन्त पानी र फ्रुटीको व्यवस्था गरी क्वारेन्टाईनमा रहेको सबै जनाहरुको लागि खाना नास्तासहितको अस्थायी विश्रामगृहको व्यवस्था भईसकेको राजगढ गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।पारिबाट आएका राजगढ गाउँपालिकाका व्यक्तिहरुलाई तत्काल विश्रामगृहमा आराम गर्न लगाई पानी, फ्रुटी, नास्ता, खाना, चिया, पानीको प्रबन्ध भईसकेको भन्दै यसरी भारतबाट आएका यस गापाका व्यक्तिहरुको नाम ठेगाना, सम्पर्क नम्बर, समूहमा आएको मानिसहरूको विवरणसहित यात्रा वृत्तान्त राख्ने व्यवस्था गरेको छौँ ।’ स्वास्थ्यकर्मीको टोलीले ज्वरो परीक्षण पश्चात उनीहरूलाई क्वारेन्टाइन राखिसकेको अध्यक्ष यादवको भनाई रहेको छ ।भारतबाट आउने यस गापाका व्यक्तिहरुलाई सीधै घर नपठाई क्वारेन्टाइन राख्नु, स्वास्थ्य परीक्षण गर्र्नु, र विस्तृत विवरण तयार गरीसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिनुभयो ।











तपाईको प्रतिक्रिया