सप्तरीमा आज साझ ११ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा एक जना महिला र बाँकी सबै पुरूष रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिँदैछ। नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिकाका १८, १९, १९, २०, २०, २१, २८ र ५६ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिकाका १७ वर्षीया महिला र २९ वर्षीय पुरुष तथा सुरुङ्गा नगरपालिका २९ वर्षीय पुरुष रहेका छन् । उनीहरू सबै भारतबाट आएको स्वास्थ्य प्रमुख यादवले जनाए। भारतबाट आएपछि उनीहरूलाई सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा राखिएको थियो। उनीहरूको स्वाब परीक्षण गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।










तपाईको प्रतिक्रिया