इनरुवा ५ माघ /
सोनापुर स्थित रहेको अरिहन्त जुटमिलमा कार्यरत कामदारको बसबाट लडेर ज्यान गएको छ ।
बिराटनगर हुँदै चिमडी तर्फ आउँदै गरेको ना ३ ख ६५२७ नम्वरको बसबाट ओर्लने क्रममा लडेर ज्यान गएको हो । जुटमिलको उक्त बस कामदार लिएर उनिहरुलाई पुर्याउन विराटनगर हुँदै चिमडी पुगेको थियो ।
चिमडी ५ स्थित भित्री सडक खण्डमा बसबाट ओर्लने क्रममा स्थानीय ४० वर्षिय गुलावचन्द्र ठाकुरको मृत्यु भएको हो ।
गुडिरहेको बसबाट ओर्लने क्रममा टाउको र खुट्टामा चोट लागेका ठाकुरको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । चालक र बसलाई इलाका प्रहरी कार्यालय चिमडीले नियन्त्रणमा राखेको छ ।

तपाईको प्रतिक्रिया