५ माघ विराटनगर/
कोसी राजमार्गको विराटनगरमा ट्रकको ठक्करले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक जनार्दन तिम्सिनाको मृत्यु भएको छ ।
को १८ प ८८६८ नम्बरको मोटरसाईकलमा सवार तिम्सिनालाई ना २ ख ७९९० नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र चालक रामसुन्दर चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तिम्सिना सशस्त्र प्रहरी सीमा सुरक्षा बल रानीमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया