नेपालमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको । यो संगै शुक्रबार सम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ । यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कोरोना पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष हुन् । उनी भारतबाट नेपाल आउदै गर्दा भारत (बाटोमा) मृत्यु भएको थियो । उनको नमुना गत चैत ११ गते कृष्णनगरमा संकलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गर्दै नेपालमा यस रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको छ ।












तपाईको प्रतिक्रिया