कोरोना भाइरसको चपेटामा देशले दुइ महिना भन्दा लामो लकडाउन भोगि सकेको छ। यस विसम परिस्थितिमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ भने देशवासीमा आम्दानीका स्रोत ठप्प भएकोले गर्दा अधिकांसको घरमा चुलो बल्न छोडेको छ। यसै विसम परिस्थितिलाई मध्य नजर गर्दै एक्सल डेभलपमेन्ट बैंक इनरुवा शाखाले आज खाधान्न सामाग्री वितरण गरेको छ।

इनरुवा शाखाको क्षेत्र भित्र रहेका १५ घर धुरिलाई राहत बितरण गरिएको हो। प्रति घर धुरिलाई चामल २० केजी, पिठो ५ केजी, दाल २ केजी, तेल २ लीटर, नुन २ केजी, मसला, बेसार, च्युरा, भुजा लगायतका राहत सामाग्री बितरण गरिएको हो। एक्सल डेभलपमेन्ट बैंकले ४०० घर परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएकोमा इनरुवा शाखाले आफ्नो क्षेत्र भित्रका १५ घर परिवारलाई राहत सामाग्री बितरण गरेको इनरुवा शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिए।

एक्सेल डेभलपमेन्ट बैंकको २ाहत वित२ण

एक्सेल डेभलपमेन्ट बैंकको २ाहत वित२ण

Gepostet von Inaruwa Online am Freitag, 29. Mai 2020

इनरुवा नगरपालिकाले सिफारिस गरेको विपन्न वर्गका १५घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो। एक्सल डेभलपमेन्ट बैंक इनरुवा शाखाको कार्यालयमा इनरुवा नगर प्रमुख राजन मेहताले राहत सामाग्री बितरण गरेका हुन। थप ५ घर परिवारलाई सोहि अनुसारका खाधान्न सामाग्री नगर प्रमुख मेहताले आफ्नो व्याक्तिगत तर्फबाट सहयोग गरेका हुन। लकडाउनका बेला अतिनै समस्यामा रहेका जम्मा २० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो। नगर प्रमुख मेहताले यस्तो विसम परिस्थितिमा इनरुवामा राहत सामाग्री वितरण गरेकोमा एक्सल डेभलपमेन्ट बैंक परिवारलाई धन्यबाद व्यक्त गरे। राहत बितरण गर्ने काम जारी नै रहेको र अप्ठयारो परेकाको सहि पहिचान गरि निरन्तर वितरण गरि नै रहने नगर प्रमुख मेहताको भनाई छ।











तपाईको प्रतिक्रिया