सुपाडी र मो.सा.वरामद
इनरुवा ५ माघ /
सुनसरी प्रहरीले भारतीय सीमावर्ति क्षेत्र बसन्तपुरबाट अवैध सुपारी सहित मोटरसाइकल बरामद गरेको छ ।
अवैध सुपारी कारोवारीमा संलग्न भने फरार भएकाले मोटरसाइकल सहित सुपारी बरामद गरि ल्याइएको प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा खटिएको सुरक्षा वेस क्याम्प वसन्तपुरको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको मोटरसाइकल सीमाक्षेत्रमा रोक्न खोजेपछि तस्करीमा संलग्न व्यक्ति मोटरसाइकल छाडी भागेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले मे ५ प ४६५ नम्वरको मोटरसाइकल सहित १ सय १६ किलो सुब्खा सुपाडी बरामद गरेको छ । बरामद सामान सेतुबन्ध भन्सार कोशी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया