इनरुवा ५ माघ /
सामाजिक सरोकार समाज नेपाल इटहरी सुनसरीले कालोबजारी तथा अनियमितता सम्वन्धमा सुनसरी प्रशासनको ध्यानाकर्षण गराएको छ ।
समाजले सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई कालोबजारी तथा बढ्दो अनियमितता सम्वन्धमा ध्यानाकर्षण गराएको हो ।
मुलुकको विषम परिस्थितिको फाइदा उठाउँदै ग्यास, प्रेट्रोल लगायतका दैनिक उपभोग्य वस्तुको अभाव सृजना गरी कालोबजारीमा विक्रि वितरण हुने गरेको भन्दै समाजले सो तर्फ प्रशासनलाई गम्भिर हुन आग्रह गरेको छ ।
यात्रुहरुबाट यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेको समेत पाइकाले त्यस्ता गतिविधी नियन्त्रण तर्फ ध्यान केन्द्रित गर्न समाजले आग्रह गरेको छ ।
समाजका अध्यक्ष देवी खनालले विज्ञप्ती विझाउँदै कालोबजारी नियन्त्रण गरी सर्वसाधारण जनताको दैनिकी सहज बनाउन माग गरेको हो ।

तपाईको प्रतिक्रिया