ग्यास सहित मानिस पक्राउ (2)

इनरुवा ५ माघ/ सुनसरीको रामधुनीभासी ४ स्थित रहेको गंगा ट्रेर्डस एण्ड सप्लायर्सबाट बरामद ग्यास सिलिण्डर सहित म्यानेजर टंक कोइरालालाई सुनसरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
अवैध ग्यास भण्डारण गरी मनोमानी मूल्य लिएर कालोबजारी गर्ने गरेको सुचनाका आधामार हिजो साँझ प्रहरीले ट्रेर्डसमा छापा पारी ६७ थान ग्यास सिलिण्डर बरामद गरेको थियो ।
कामख्या ग्यासको मात्र आधिकारी विक्रेता रहेको गंगा ट्रेर्डसले मनोज र एभरेष्ट कम्पनीका ग्यास समेत भण्डारण गरी अवैध कारोवार गर्दै आएको प्रहरीको दावी छ ।
पक्राउ परेका म्यानेजर कोइराला उपर कालोबजारी ऐन अन्र्तगत जिल्ला अदालतबाट ३ दिन म्याद थपी कार्वाही अघि बढाइसकिएको छ ।
ट्रेडर्स संचालनको जिम्मेवारी सम्हाल्दै आएका सुमन थापा भने अझै फरार रहेकाले उनको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।
काठमाण्डौं लगायतका विभिन्न शहरमा अवैध तवरमा भण्डारण गरिएका ग्यासका सिलिण्डर पठाउने गरेको र बढी मोल लिइ कालोबजारी गरेको सुचनाका आधारमा डिएसपी चिरञ्जिवी कोइराला नेतृत्वको टोलीले गंगा ट्रेर्डसमा छापा मारेको थियो ।  उक्त ट्रेर्डसले ३७ सय मोल पर्ने ग्यासलाई ६ हजार बढी मूल्य लिई विक्रि गर्ने गरेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया