-  दिलिप कुमार साह

राजविराज । सप्तरीको राजगढ गापाको क्वारेन्टाईनमा रहेको १३७ जना मध्ये आइतबार १२ जनाको कोरानो रिपोर्ट पोजेटिभ रहेको गजना सिंह अस्पताल श्रोतले जनाएको छ ।गत मंगलबार स्वास्थ्य कार्यालय सप्तरीबाट आएको टोलीले गापाको जनता शंकर मावि स्कुलको क्वारेन्टाईनमा रहेको १०६ जना मध्ये ७४ जना, राप्रावि. फकिराको क्वारेन्टाईनमा रहेको ३१ जना मध्ये ६ जना र गापा अध्यक्ष सहित १० जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

उक्त टोली गापाको स्वास्थ्य शाखाको संयोजक रामचन्द्र यादवले पीसीआर जाँच गर्नको लागि बोलाइएको थियो । गाउँपालिकाको क्वारेन्टाईनमा भारतको दिल्ली, मुम्बई, लुधियाना र पंजाबबाट ६४ जना आएका थिए ।उक्त ६४ जना मध्ये मुम्बई बाट आएका १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएका छन. । उक्त क्वारेन्टाईनमा रहेका १०६ जनालाई गापाले उचित व्यवस्थापन गरेपनि खाना खाने बेलामा उनीहरुसँगै लाईनमा बसेर खाना खाने गरेका थिए भने दिनभरि फिल्डमा उनीहरुसँग एकाअपसमा मिलेर बस्ने गरेको र दिउसोको समयमा उनीहरुसँगसगै बस्ने गरेका थिए जसका कारण उनीहरुमा कोरोनाको संक्रमण सम्भावना बढी रहेको देखिन्थयो ।सप्तरीमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक आईतबार थपिएको १२ जना सबै भारतबाट फर्केका पुरुष हुन ।

पुष्टि भएको १२ जना मध्ये वडा नं. १ का २ जना र वडा नं.२ १० जना राजगढ गाउपालिकाका बासिन्दाहरु हुन् ।१२ जनामा कोरोना पोजेटिभ निस्केकोले यस गापाको क्वारेन्टाईनबाट निगेटिभ रिपोर्ट आएकाहरुले आ–आफनो घर गईसकेकोहरुले होम क्वारेन्टाईनमा बसी आफु र आफनो घर परिवारमा रहेका सदस्यहरुलाई बचाउनको लागि १४ दिनसम्म घरमा समेत सचेतना अपनाई होम क्वारेन्टाईनमा बस्न राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादवले सबैसॅग आग्रह गरेका छन् ।यस गापा भित्र रहेका सम्पूर्ण गापाबासीहरुले कोरोना संक्रमणबाट बच्नको लागि एकअर्कासँग ३ फिटको दुरीमा बस्ने, सकेसम्म मास्कको प्रयोग गर्ने र १२ जनामा भएको कोरोना पोजेटिभका कारण गापाबासीहरुले सर्तक बस्नको लागि गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले आग्रह गरेका छन् ।













तपाईको प्रतिक्रिया