धरान । सुनसरीको धरान–१५ मा आगलागी हुदा आमा छोरीको मृत्यु भएको छ। साम्पाङ मार्गमा नेपाल प्रहरीबाट अवकास प्राप्त नरबहादुर श्रेष्ठको पुरानो घरमा आगलागीमा परी मृत्यु भएकी आमा धनमायाले छोरी निकाल्ने हुँदा आफू पनि जलेर मृत्युबरण गरेकी छिन ।

आगो लागेको थाहा पाउनेबित्तिकै माथिल्लो तलामा रहेकी अपाङ्ग छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाले पनि ज्यान गुमाउन पुगेकी हुन् । सीता अविवाहित हुन् । आगो लाग्ने बित्तिकै धनमायाले आफ्नी छोरीलाई लिन गएको स्थानीयले देखेका थिए । तर, आगो एक्कासी बढेकाले दुवै जनाको निधन भएको हो । आगलागीको यथेष्ट कारण खुल्न नसके पनि ग्यास चुहिएर हुन सक्ने पछिल्लो अनुमान गरिएको छ । स्थानीयका अनुसार नरबहादुरले बिहानै मात्र ग्यास सकिएका कारणले नयाँ ग्यास ल्याएर छाडिदिएका थिए । ग्यास ल्याएको केही समयलगत्तै चर्को आवाजमा ग्यास पड्किएको स्थानीयले सुनेको बताएका छन ।











तपाईको प्रतिक्रिया