काठमाडौं / नेपाल थप एक जनाको कोरोना भाइरस संकमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हाे ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताइएकाे छ । कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । योसँगै नेपालमा कोरोना संक्रमणबाट १० जनाकाे मृत्यु भएकाे छ ।












तपाईको प्रतिक्रिया