सुनसरीमा आज एकैदिन ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे गढी गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा थप संक्रमित भेटिएका हुन् । गढीकाे गढदेव आधारभुत विद्यालयकाे क्वारेन्टिनमा रहेका २ र बराहक्षेत्रकाे महेन्द्र माबि क्वारेन्टिनमा बसेका ३ जना संक्रमित पाईएका हुन् ।

थप संक्रमित भेटिएकाे विषय स्वास्थ कार्यालय सुनसरीले समेत पुष्टि गरेकाे छ । याे सँगै सुनसरीमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ । यसअघि आजनै भाेक्राहामा रहेकाे हाेल्डिङ सेन्टरमा बसेका २ जनामा संक्रमण पुष्टि भएकाे थियाे । यद्धपी उनीहरू माेरङ र ताप्लेजुङका थिए । हाेल्डिङ सेन्टरमा बसेका धेरैजसाे पश्चिम नाका हुँदै नेपाल भित्रिएकाहरू छन् । पुर्वी पहाडी र सुनसरी आसपास घर भएकाहरूलाई बन्द रहेकाे सिम्याक्स फुड उद्योगमा राखिएकाे छ ।










तपाईको प्रतिक्रिया