काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । सनिबार दिउसो मात्र नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै मृत्यु हुनेको संख्या १३ पुगेको छ।








तपाईको प्रतिक्रिया