काठमाडौं। नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टी गरेको छ। यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको ४ दिनपछि कोरोना संक्रमण पोजेटिभ रहेको पुष्टि भएको हो । गत जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी दमका रोगी भएकाले होम आइसोलेसनमा बस्न भनिएको थियो । होम आइसोलेसनमा भएकै बेला उनको जेठ २० गते मृत्यु भएको थियो ।

यसैगरी सेती प्रयोगशालामा डायलासिसको उपचार गराईरहेकी ५५ बर्षीया महिलाको मृत्यु पनि कोरोना भाइरसबाट भएको पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । उनको मृत्यु जेठ २३ गते दिउँसो १२ बजे भएको थियो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।








तपाईको प्रतिक्रिया