सनिबार दिउसो मात्र नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । भोक्राहा नरसिंह गाउपालिकामा थप ४ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ। पछिल्लो पुष्टी संगै सुनसरीमा शनिवार थप ४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

भोक्राहा नरसिंह गाउपालिकाको क्वारेन्टिनमा बस्ने २ जना महिला र २ जना पुरुष गरी जम्मा ४ जनामा कोरोना पुष्टि भएको हो । उनीहरूको परीक्षण प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको थियो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ पुगेको छ ।








तपाईको प्रतिक्रिया