सुनसरीको इनरुवामा आइतबार २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भगवती माबि इनरुवामा राखिएको क्वारेन्टाइनमा २ जना युवा कोरोना संक्रमित फेला परेका हुन। उक्त क्वारेन्टाइनबाट २२ जनाको स्वाब संकल्न गरि परिक्षण गर्नकालागि पठाइएकोमा २ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनीहरूको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरमा गरिएको हो ।

इनरुवा नगरपालिका वडा नं. १० घर भएका २३ वर्षिय युवा तथा वडा नं. २ घर भएका २७ वर्षिय युवामा संक्रमण देखिएको हो। उनिहरु दुवै जना भारतबाट आएका हुन। २३ वर्षिय युवा भारतको उत्तर प्रदेशबाट तथा २७ वर्षिय युवा भारतको दिल्लिबाट आएका हुन। स्वास्थ्य शाखाका अनुसार दुवै जना युवा भारतबाट जेठ महिनाको १६ र १९ गते भगवती माबि इनरुवाको क्वारेन्टाइनमा सिधै सम्पर्कमा आएका हुन। उनिहरुलाई सुन्दरहरैचा, गोठगाउँ को पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको क्वारेनटाइनमा लाने तैयारी गरिएको जनाईएको छ। हाल सम्म दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाले जनाएको छ।








तपाईको प्रतिक्रिया