इनरुवा। सुनसरीको कोशी गाउपालिकामा एक जना कोरोना संक्रमितको पुष्टी भएको छ। कोशी गाउपालिकाको क्वारेन्टिनमा बसेका १९ वर्षिय युवामा कोरोनाको संक्रमण देखिएको कोशी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख मो. जमिल अख्तरले बताएका छन। संक्रमित युवा कोशी गा. पा. वडा नं. ५ मा रहेको दारुल हुदा अल सलफिया क्वारेन्टिनमा जेठ १३ गते देखि बस्दै आएका छन।

उनि भारतको माहाराष्ट्रमा अध्यनरत थिए। स्वास्थ्य शाखाका प्रमुख अख्तरका अनुसार शनिबार कोशी गा.पा. १ नं. वडामा केन्द्र बनाई क्वारेन्टिनमा राखिएका ५९ जनाको स्वाब संकलन गरिएको थियो जस मध्ये एक जनामा कोरोना संक्रमणको पुष्टी भएको हो र बाकीको रिपोर्ट आउने क्रममा रहेको छ। उनिहरुको स्वाब संकलन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला कोशी अस्पताल बिराटनगरमा पठाईएको थियो। शाखाका प्रमुख अख्तरले दिएको जानकारी अनुसार संक्रमित युवा भारतबाट आउने क्रममा भारतकै क्वारेन्टिनमा दुइ हप्ता बसिसकेका थिए त्यसबेला उनिमा कोरोनाको कुनै लक्षण देखिएको थिएन। कोशि गाउपालिकाका ति स्थानिय संक्रमित युवा नेपाल प्रवेश गरि सके पछि सिधै जेठको १३ गते कोशी गा. पा. को दारुल हुदा अल सलफिया क्वारेन्टिनमा बस्न आएका थिए। उक्त क्वारेन्टिनमा अहिले ३३ जना बस्दै आएका छन।









तपाईको प्रतिक्रिया