मंगलबार दिउसो नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टायता थप एक जनाले ज्यान गुमाएको जानकारी दिएको छ ।

चितवन भरतपुर ११ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको हो । उनको सोमबार मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या पन्ध्र पुगेको छ । यता, नेपालमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । मन्त्रालयका अनुसार आज थप ३ सय २३ जना थपिएसँगै संक्रमितको कूल संख्या ४ हजार ८५ पुगेको छ ।









तपाईको प्रतिक्रिया