नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। पछिल्लो २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन्। संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्। निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ भने १५ जनाले ज्यान गुमाएका छन्। सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआरबाट परीक्षण गरिएको छ।









तपाईको प्रतिक्रिया