वर्तमान परिस्थितिलाई नियालेर हेर्दा देश र देशवासीको जिवन निकै नै जटिल बन्दै गएको छ। सरकारले कोरोना संग लड्नकालागि बेला बेलामा विभिन्न नितिहरु बनाए पनि देशमा संक्रमितको संख्यामा कमी आएको छैन भने दिन दिनै संक्रमणबाट मृत्यु हुनेको संख्या नि थपिदै छ। आम देशबासीकालागि सरकारले लकडाउन पालनाकालागि रणनिति बनाईरहदा सरकारकै पक्षबाट लकडाउनको उल्लंघन गरेको पाईएको छ। लकडाउन अवधिमा सरकारले शैक्षिक संस्थान देखि लिएर विभिन्न सञ्चालित सिप मुलक तालिम कार्यक्रमहरुलाई पुर्ण रुपमा बन्द गर्ने निर्देशन जारि गरेता पनि सो को कार्यन्वयन नभएको पाईएको छ।

यसैबिच सरकारले दिएको निर्देशनलाई बेवास्ता गर्दै मोरंगको सुन्दरहरैचा नगरपालिकामा सीप मुलक तालिम सञ्चालन गरेको पाईएको छ। १५ दिने तालिम अवधि राखेर सञ्चालन गरिएको उक्त तालिम २०७७।०२।२५ गते देखि सञ्चालनमा आएको हो। कृष्टल गहना बनाउने तालिम कार्यक्रमको आयोजना प्रगति महिला समाज सुन्दरहरैचा-२, मोरंग नामक संस्थाले गरेको हो। स्रोतले दिएको जानकारी अनुसार तालिमको समन्वय सुन्दरहरैचा नगरपालिकाको कार्यालय बिराटचौकले गरेको छ भने तालिम संचालन सुन्दरहरैचा वडा नं. ४ मा भैरहेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को निर्देशन अनुसार यस विसम परिस्थितिमा तालिम सञ्चालन गर्दा भिडभाड हुने र जस्ले गर्दा संक्रमणको सम्भावना प्रवल हुने भएकोले गर्दा तलिम कार्यक्रमहरु सञ्चालनमा रोक लगाएको हो। तर उक्त निर्देशनको विपरित कार्य प्रगति महिला समाजले गरेको पाईएको छ।

“नगरपालिकाले उक्त तालिम चलाउनको लागि अनुमति हामिलाई दिएको छ । ” आयोजक प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले बताउछिन। “नगरपालिकाले मिटिंग बसेर १९-२० जनाको समुहमा सामाजिक दुरी कायम गरि हामीलाई तालिम चलाउदा हुन्छ भनि भनेको छ तेसै अनुसार हामीले सेनिटाईजर, माक्स, ग्लोब्सहरुको प्रयोग गरेर तालिम सञ्चालन गरेका हौ” संस्थाकी अध्यक्ष गच्छदार बताउछिन। तालिम कहा बाट र कुन दातृ निकायबाट सञ्चालन भएको भनि सोध्या उनी खुलेर कुरो गर्न चाहिन्न, मात्र १ नं. प्रदेश सांसद चुम नारायण तबदारको सांसद कोषबाट सञ्चालित भएको बताईन। उक्त कुराको पुष्टीका लागि बिहीबार दिउसो सांसद चुम नारायण तबदार संग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।

व्यावसायिक सीप तथा तालिम प्रदायक संघ १ नं. प्रदेशका संयोजक कृष्ण शाहका अनुसार यो कार्य गलत कार्य हो, यसको हाम्रो संघले पुर्ण रुपमा विरोध गर्दछौ र यस्ता कार्यहरु तत्कालै बन्द गरिनु पर्दछ। सरकारको निर्देशन बमोजिम सिप विकास सम्बन्धि कुनै पनि तालिमहरु सञ्चालन नगर्ने सरकारको निर्णय हो। लकडाउन भन्दा पहिले देखि नै प्रदेश नं. १ मा मात्र झन्डै ११ हजार जनाको तालिमहरु बन्द छ। पुर्वमा इभेन्ट परियोजनाको ५५०० जनाको त्यसै गरि ६०० जनाको स्विस क्नट्याक्टको तालिमहरु नेपाल सरकार तथा स्थानिय सरकारले बन्द गराएको अवस्था हो र हामी आफै ले पनि हाम्रा सम्पुर्ण तालिम कार्यक्रम बन्द गरेको अवस्था छ। नगरपालिकाले सरकारको निर्णय विपरित जान्न मिल्दैन, नगरपालिकाले आफु खुशी मिटिंग बसेर सामुहिक भेला गरेर कुनै पनि किसिमको तालिम कार्यक्रमहरु सञ्चालन गर्न पाउदैन यदि गर्छ भने त्यो गलत हो। अहिलेको सन्दर्भमा समपुर्ण शैक्षिक गतिविधि र तालिम कार्यक्रमहरु, नेपाल सरकार र शिक्षा मन्त्रालय अन्तर्गतका सम्पुर्ण तालिम कार्यक्रमहरु बन्द छ।

मोरंग र सुनसरीमा मात्र सिटीईभिटीको सम्बन्धनलिई २० वटा भन्दा बढी सक्रिय संस्थाहरुले छोटो अवधिको तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। र यि संस्थाहरुले लकडाउनको सुरुको अवस्था देखि नै सरकारको निर्देशन अनुरुप सम्पुर्ण तालिम कार्यक्रमहरु बन्द गरेको छ। यस्तो अवस्थामा यस्ता संस्थाहरु लकडाउनले गर्दा चरम संकटको चरणमा रहेको छ। माहामारीको समयमा निजी संस्थाहरुले सरकारको निर्देशनलाई पुर्ण रुपमा पालना गर्दै जादा सरकारका निकायहरुले जारी गरेको निर्देशनलाई आफै धज्जी उडाएको स्रोतको दावी छ।

प्रगति महिला समाजको कार्य एउटा प्रतिनिथि घटना मात्र हो, केहि दिन अघि मात्र २०७७ बैशाख २६ गते ढाका बुनाई तालिमको समापन गरिएको हो। मिक्लाजुङ गाउपालिका वडा नं. ३ मोरंगमा २०७६।१०।२६ देखि २०७७।०१।२६ सम्म सञ्चालन भएको थियो। घरेलु तथा साना उधोग कार्यालय मोरंग आयोजक रहेको ३ महिने ढाका बुनाई तालिम पनि लकडाउन उल्लंघन र सरकारको निर्देशन लाई सरकारी निकायबाट नै धज्जी उडाएको ज्वलन्त उदाहरण हो।

एक निजी तालिम प्रदायक संस्थाका संचालक रमेश कटुवाल भन्छन् “चालु आर्थिक वर्ष सकिन केहि दिन मात्र बाकी रहदा बजेट सकाउनको हतारो भएको प्रष्ट देखिन्छ। अषाढ महिना भित्र तोकिएको शिर्षकमा खर्च गरिएन भने बजेट फ्रिज हुने डर। जसअनुरुप सम्बन्धित निकायहरु लकडाउन र सरकारको निर्देशनलाई वास्ता नगरि तालिम कार्यक्रमहरु सञ्चालन गर्दै गरेको देखिन्छ। यदि सामाजिक दुरी कायम गरेर तालिम कार्यक्रमहरु सञ्चालन गर्न मिल्ने भए हाम्रो पनि लाखौ करोडौको लगानी छ कतिपय ठाउमा हाम्रा पनि तलिमका सम्झौताहरु भै सकेका छन हामीले पनि निर्बाद रुपमा चलाउन पाउनु पर्थियो, यो त नेपाल सरकार र स्थानिय सरकारले हामी निजी तालिम प्रदायक संस्थाहरुको आखामा छारो हानेको बुझिन्छ।”

सुन्दरहरैचा नगरपालिका प्रमुख शिव प्रसाद ढकाल भन्छन “तालिम सञ्चालन बारे आफुलाई तेति सार्हो जानकारी नभएको र यदि सिक्नेको संख्या थोरै छ भने दुरी मेन्टेन गरि ठुलो हलमा तालिम गर्न सकिन्छ। पैसा फ्रिज भएर जाने हुदा युवा युवतिले सीप सिकुन भन्न् उदेशय हो।“ एता आयोजक संस्थाकी अध्यक्ष पार्वती गच्छदारका अनुसार नगरपालिकाको मिटिंगमा भएको निर्णय अनुसार नै हामीले तालिम सञ्चालन गरेका हौ। नगर प्रमुख ढकालले यस विषयमा सम्पुर्ण जानकारी आफु संग नभएको र थप विस्तृत विवरण बुझेर भोली पल्ट (२९।०२।२०७७ बिहिबार) जानकारी गराउने बताएका थिए तर आज बिहिबार नगर प्रमुख ढकाललाई पटक पटक फोन सम्पर्क गर्दा नगर प्रमुखको फोन उठेन।

सरकारले हिजो मात्र सार्वजानिक गरेको लकडाउनलाई खुकुलो बनाउने वेवस्थामा पनि शैक्षिक तथा तालिम संस्थाहरु तत्कालका लागि सञ्चालन हुने कुनै छाटकाट नरहेको अवस्थामा पनि स्थानिय निकायहरुले आफु खुशी तालिम सञ्चालन गर्नु आफैमा निन्दनिय कार्य हो। देशलाई माहामारिको चपेटाबाट जोगाउन र जनतालाई कोरोना संक्रमणबाट बचाउनलाई पनि यस्ता निन्दनिय कार्यहरुलाई यथासिघ्र रोक्नु आवश्यक देखिन्छ।









तपाईको प्रतिक्रिया