- अमर काफ्ले

लक डाउन खुकुलो हुँदै जाँदा बजार पसल खुल्न थालेपनि इनरुवाका शैलुन पसल भने तत्काल नखुल्ने भएको छ । इनरुवाको बजार विहान १० बजेदेखि अपरान्हको ४ बजेसम्म खुल्न थालेपनि नाई संघले भने शैलुन असार १५ सम्म पूर्ण रुपमा बन्द राख्ने निर्णय गरेको छ ।

नेपाल नाई संघ कार्य समिति इनरुवाका सचिव संजिव ठाकुरका अनुसार भिडभाड बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने तर्फ सचेत रहँदै तत्काकालागि पसल बन्द राख्ने निर्णय गरिएको हो । ठाकुरका अनुसार असार १५ पछिको अवस्था हेरी संघले अर्को निर्णय गर्ने छ ।संघले बैठकको निर्णय सार्वजनिक गर्दै निर्णय अटेर गर्नेको हकमा ५ हजार ५१ रुपैंया जरिवाना गर्ने समेत जनाएको छ । नाई संघले जारी गरेको विज्ञप्तीमा अध्यक्ष श्रीलाल ठाकुर, वरिष्ठ उपाध्यक्ष देवेन्द्र ठाकुर, कोषाध्यक्ष लक्ष्मण ठाकुर र सदस्य संजित ठाकुरको हस्ताक्षर रहेको छ ।










तपाईको प्रतिक्रिया