Rangeli-Pradarshan

७ माघ । मोरङको रंगेलीमा बुधबार दिनभर तनावग्रस्त बनेको छ । साँझ मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपमा प्रहरी निरीक्षक अविचन्द्र रिजालसहित चार प्रहरी र एक दजर्न प्रदर्शनकारी घाइते भएका छन् । सडकमा प्रदर्शन गर्दै मधेसी मोर्चाका कार्यकर्ताले बालेको टायर प्रहरीले निभाउन खोज्दा झडप भएको हो ।

एमाले सम्वद्ध युवा संघले बिहीबार रंगेलीमा गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेपछि मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द कडा गर्नुका साथै टायर वालेर प्रदर्शन गरेको थियो । मोर्चाका कार्यकर्ताले त्यस क्षेत्रमा मोटरसाइकल समेत चल्न दिएका थिएन्न ।

 

तपाईको प्रतिक्रिया