इनरुवा । सुनसरीमा विपी कोईराला अध्ययन प्रतिष्ठान गठन गरिएको छ । सुनसरी निर्वाचन क्षेत्र नं ४ मा विपी कोईराला अध्ययन प्रतिष्ठान गठन गरिएको हो। निर्वाचन क्षेत्र नं ४ का कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भेलाले सो प्रतिष्ठानको गठन गरेको हो।

विपी कोईराला अध्ययन प्रतिष्ठानको अध्यक्ष पदमा नन्द कुमार सिग्देललाई चयन गरिएको हो। प्रतिष्ठानको उपाध्यक्षमा ध्यानी उराँव, सचीवमा नजामुद्दिन अन्सारी, कोषाध्यक्षमा मुना रिजाल अधिकारी, त्यसैगरि सदस्यहरुमा दिल्ली कार्कि, उपेन्द्र कट्वाल, युवराज दाहाल, जितेन्द्र कुमार खेरवार, इस्राईल मन्सुरी, बिन्दु बराल र बिनिता दाहाल रहेका छन । निर्वाचन क्षेत्र नं ४ मा माहामानव विशेश्वर प्रसाद कोइरालाको विचारलाई अध्ययन तथा अनुसन्धान गर्नका लागि विपी कोईराला अध्ययन प्रतिष्ठान गठन गरिएको कांग्रेसका युवा नेता नईम अंसारीले जानकारी दिएका हुन। कार्यसमिति चयन पश्चात प्रतिष्ठान दर्ता प्रकृयामा गैसकेको छ। प्रतिष्ठान पुर्ण रुपमा सामाजिक तथा मानविय हितका कार्यमा पुर्ण रुपमा समर्पित हुने समेत अंसारीले बताए।










तपाईको प्रतिक्रिया