Upendra-yadav-1024x1024७ माघ काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलसँगको बैठकबाट मोर्चा नेता बाहिरिएका छन् । बैठकबाट बाहिरिंदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो सरकारले हाम्रो माग सम्वोधन गर्न सक्दैन ।जनताको समस्या पनि समाधान गर्न सक्दैन ।  यो सरकारसँग आदिवासी, जनजाति र मधेसीको माग पूरा गर्ने  हैसियत नभएको टिप्पणी गरे । मोर्चा नेता बाहिरिएपछि बालुवाटारमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

उनले चार महिना अघि बहस जहाँ थियो, अहिले पनि त्यहिँ नै रहेको भन्दै अब  यो सरकारले माग पूरा गर्छ जस्तो पनि लाग्दैन ।’आगामी दिनहरुमा हुने आन्दोलनको गतिविधी बारे मोर्चाको बैठक पछि मात्र तय हुने यादवले बताए ।

 

तपाईको प्रतिक्रिया