नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मृत्यु भएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । उनको जेठ २९ गते रिपोर्ट आएको थियो ।

अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्दा मृत्यु भएका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ। उनको बुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो ।
भारतबाट आएका उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका थिए । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।











तपाईको प्रतिक्रिया