- बिरेन्द्र शाह

सुनसरीमा आज थप १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। सुनसरीको हरिनगर गाउपालिका, भोक्राहा नरसिंह गाउपालिका र देवांगञ्ज गाउपालिकामा थप संक्रमित व्याक्ति फेला परेका हुन।

आज देवांगञ्ज गाउपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको हो। देवांगञ्ज वडा नं. १ घर भएका वर्ष २४ की एक महिला तथा वडा नं. २ घर भएका वर्ष ३० का एक पुरुषमा संक्रमण देखिएको देवांगञ्ज गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद मेहताले जानकारी दिए। मेहताका अनुसार संक्रमित दुवै जना भारतबाट नेपाल आएका हुन। उनिहरु भारतबाट आएपछि सिधै देवांगञ्जको श्री माविको क्वारेन्टिनमा आएर बसेका हुन। संक्रमणको पुष्टी भए संगै संक्रमित पुरुषलाई गोठगाउँ को पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको आईसोलेसनमा लगिएको छ भने महिलालाई बिराटनगरको कोशी कोभिड अस्पतालमा लगिएको छ।

त्यसैगरि आज पुष्टी गरिएको भोक्राहा नरसिंह गाउपालिकामा ६ जनामा संक्रमण देखिएको छ। भोक्राहा नरसिंह गाउपालिका वडा नं. ८ मा रहेको क्वारेन्टिमा बसेका ६ जनामा संक्रमण देखिएको भोक्राहा नरसिंह गाउपालिकाका स्वास्थ्य संयोजक मो.आलम अन्सारीले जानकारी दिए । भोक्राहा नरसिंह गापा वडा नं २ का २ जना र वडा नं ४ का २ जना संक्रमित रहेका छन। त्यसैगरी रामधुनी नगरपालिका वडा नं २ का १ जना र इनरुवा नगरपालिका वडा नं ८ का १ जना रहेका छन। स्वास्थ्य संयोजक अन्सारीका अनुसार यिनहरु सबै जना भारतबाट नेपाल प्रवेश गरेका हुन। सक्रमित ६ जना नै भोक्राहा नरसिंह गाउपालिका वडा नं. ८ मा रहेको क्वारेन्टिमा बस्दै आएका थिए। संक्रमितहरु १४ देखि ६५ वर्ष उमेर समुहका पुरुष हुन। संक्रमणको पुष्टी भए संगै संक्रमितहरु लाई गोठगाउँको पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको आईसोलेसनमा लगिएको छ।

हरिनगर गाउपालिकामा रहेको क्वारेन्टिनमा समेत आज २ जनामा संक्रमणको पुष्टी भएको छ। हरिनगर गाउपालिका स्वास्थ्य शाखाका प्रकाश थापाले दिएको जानकारी अनुसार संक्रमित दुवै जना पुरुष रहेको र हरिनगर गाउपालिका वडा नं. ७ घर भएका वर्ष १४ र १६ का हुन। संक्रमित दुवै जना भारतबाट जेठको १५ गते हरिनगर गाउपालिकामा रहेको क्वारेन्टिनमा बस्न आएका हुन। थापाका अनुसार संक्रमण पुष्टी संगै दुवै जनालाई गोठगाउँको पुर्वाञ्चल विश्वविधालयमा सञ्चालन गरिएको आईसोलेसनमा लगिएको छ।










तपाईको प्रतिक्रिया