माघ ७/ एमाले निकट युवा संघले आयोजना गर्न खोजेको सभा विथोल्ने प्रयासपछि मोरङको रंगेली आज तनावग्रस्त भएको छ । केहीबेर अघि मेधसी मोर्चाका कार्यकर्तालाई तितरवितर गर्न प्रहरीले केही राउण्ड अश्रुग्याँस र हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरीकाे गाेली लागि २ जनाकाे मृत्यु भएकाे र ५ जना घाइते भएका माेरङका प्रमुख जिल्ला अधिकारी ताेयम रायले बताएका छन् ।

प्रजिअ स्वयम रायाका अनुसार मृतक महिला रंगेली-४ कि ६० वर्षीया द्रौपदीदेवी चाैधरी हुन् । यस्तै गाेली लािग मृत्यु भएका अर्काे एकजनाकाे भने पहिचान नभइसकेकाे उनले बताए ।

घाइतेकाे विराटनगर  स्थित गाेल्डन अस्पतालमा उपचार भइरहेकाे डिअाइजी माधव जाेशीले बताए । रंगेली र डायिनया चाेक अझै तनावग्रस्त रहेकाे जानकारी उनले दिए ।

मोर्चाका कार्यकर्ताले मोरङको पुरानो सदरमुकाम रंगेली बजारस्थित एमालेका दुईजना कार्यकर्ताको घरमा गएराति तोडफोड गरेका थिए ।

एमाले निकट युवा संघले रंगेलीमा आज सभा गर्ने तयारी गरपेछि हिजो बिहानैदेखि रंगेली क्षेत्रमा तनाव छ । मोर्चाका कार्यकर्ताले सो क्षेत्रमा प्रदर्शन चर्काएका थिए । सोही क्रममा हिजो साँझ प्रहरी र प्रदर्शनकारीबीच रंगेलीमा झडप हुँदा मोर्चाका केही कार्यकर्ता घाइते भएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले गएराति एमालेका स्थानीय नेताहरु मनोज अग्रवालको घरमा ढुंगा हानेर सिसा फुटाएका छन् भने दिनेश ठाकुरको पाहुनालाई बस्नका लागि लगाइएको टेन्ट भत्काउनुका साथै प्लाटिकका कुर्सीहरु तोडफोड गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए ।

यसैबीच युवा संघले रंगेलीको नेपाल बैकको चौरमा गर्ने भनेको सभास्थल परिर्वतन गरि इलाका प्रहरी कार्यालय नजिकै मञ्ज बनाएका थिए । मधेसी मोर्चाले काली मन्दिर नजिकै सभा गर्ने तयारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया