नेपालमा कोरोना संक्रमणले १८ जनाको मृत्यु भएको पुष्टि भएको हो । आज थप २ जना कोरोनोभाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणले १८ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेको हो । प्रवक्ता मन्त्रालयका अनुसार पर्साको वीरगञ्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो । शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जानकारी दिएको हो ।

त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालकको समेत कोरोनाकै कारण मृत्यु भएको छ । उच्च ज्वरोका कारण जेठ ३० गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बालकको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले पुष्टि गरेको छ ।









तपाईको प्रतिक्रिया