सुनसरीको इनरुवा बजारमा भिषण आगलागी भएको छ। इनरुवाको बिच बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ। हनुमान बस्त्रालय संगै टासिएको सृजना फाईनान्स समेत भिषण आगोको चपेटामा परेकोछ।

प्रत्यक्षदर्शीका अनुसार आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । आगलागी अहिले सम्म पनि नियन्त्रण भन्दा बाहिर रहेको छ । आगलागी नियन्त्रणका लागि स्थानिय, सुरक्षानिकाय तथा दमकलले प्रयास गरिरहेको जनाईएको छ । आगलागीको कारण खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाकी।









तपाईको प्रतिक्रिया