- अमर काफ्ले

इनरुवा। इनरुवा बजारमा रहेको हनुमान वस्त्रालयमा भएको आगलागीमा ५ करोड बढी क्षतिको अनुमान गरिएको छ । आगलागीका कारण हनुमान बस्त्रालय सहित अन्य ४ वटा पसल जलेका छन् । वस्त्रालयको छेउको भवनमा रहेको सन्तोषी हार्डवेयर पसलका साथै गोदाम, कपिल टेलर्स र कालिका रेडिमेट फेन्सी स्टोर समेत जलेको छ । वस्त्रालयको माथिल्लो तल्लामा रहेको यशोदा साडी सेन्टर समेत पूर्ण रुपमा जलेको छ ।

आगो नियन्त्रणमा आउन ५ घण्टा बढी समय लागेको थियो

Gepostet von Inaruwa Online am Sonntag, 14. Juni 2020

त्यसैगरीे सिर्जना फाइनान्समा समेत आगलागीका कारण क्षति पुगेको छ । आगोका कारण वस्त्रालयसँगै टासिएको पशुपती इम्पोरिएममा समेत सामान्य क्षति पुगेको छ । सुनसरी प्रहरीले क्षतिको विवरण संकलनको क्रम जारी रहेको बताएको छ । प्रहरीका अनुसार पीडित पक्षले ५ करोड बढी क्षतिको अनुमान गरेको छ । वास्तविक विवरण प्राप्त हुन भने केहि समय लाग्ने सुनसरी प्रहरीले जनाएको छ । आगो कसरी लाग्यो भन्ने यकिन भैनसकेको भएपनि विद्युत सर्ट भएको हुन सक्ने अडकल काटिएको छ । आगो नियन्त्रणमा आउन ५ घण्टा बढी समय लागेको थियो । धरान,बिराटनगर,इटहरी,दुहवी र सप्तरी समेतको गरी ८ वटा दमकल आगो नियन्त्रणमा खटिएको प्रहरीले जनाएको छ । स्थानीयवासी, सुरक्षाकर्मी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । इनरुवा नगरपालिकाको दमकल भने बिग्रिएर थन्काइएको भन्दै स्थानीयले आक्रोस पोखेका थिए ।










तपाईको प्रतिक्रिया