नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। पछिल्लो विवरण अनुसार ४२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा आइतबार ४२५ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् । पछिल्लो समय सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाउँदै लगेको छ। पछिल्लो २४ घन्टामा ६ हजार ८९ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानाएको छ। अहिलेसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ। भने
आजमात्र थप १ जना ले ज्यान गुमाएको छ। यो संगै ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।